काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सभापति शेरबहादुर देउवाले आफुखुसी गर्न खोजे पार्टीले आगामी निर्वाचनमा हारको सामना गर्नसक्ने चेतावनी दिनुभएको छ । सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेता कोइरालाले सभापति देउवाले म सबैको हुँ भने पनि विश्वासको वातावरण नबनेको बताउनुभयो । विधानमा भएको व्यवस्थालाई गलत रूपमा प्रयोग गरेर केन्द्रीय सदस्य नियुक्त गरेको उहाँको जिकिर…