Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


अर्घाखाँचीमा कांग्रेसका उपसभापतिसहित १० जना पार्टीबाट निलम्बित


481
Shares

अर्घाखाँची । अर्घाखाँचीमा नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेको आरोपमा १० जनालाई निलम्बन गरेको छ ।

कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेलसहितको टोलीलाई निलम्बन गरेको पार्टीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो । निलम्बन हुनेमा नेपाली कांग्रेसका जिल्ला उपसभापति बाबुराम पौडेल, पूर्व क्षेत्रीय सभापति मणिराम पौडेल, भूमिकास्थान नगर सचिव ताराप्रसाद घिमिरे, पाणिनि गाउँपालिका–६ धातीवाङका वडा सभापति मोदनाथ पौडेल, पाणिनि–८ का पूर्वसभापति यज्ञप्रसाद पौडेल, पूर्वजिल्ला सदस्य एवं भूमिकास्थान नगरपालिका–९ ढिकुराका क्षेत्रीय प्रतिनिधि गोपाल घिमिरे, विष्णप्रसाद मरासीनि र हरिप्रसाद मरासीनि लाई निलम्बन गरिएको पार्टीका प्रचार विभाग प्रमुख सुर्य भुसालले जानकारी दिनुभयो।

त्यस्तै, महाधिवेशन प्रतिनिधि सिर्जना बिक र पाणिनी–८ का क्षेत्रीय प्रतिनिधि अच्युत पन्थीलाई पनि निलम्बन गरिएको हो। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहकाे चुनावमा जिम्मेवार पदमा बसेकाहरूबाटै पार्टीलाई अन्तर्घात गरेको भन्दै पहिलो चरणमा २० जनालाई अनुशासन विभागले स्पष्टिकरण सोधेको थियो। यता निलम्बनमा परेका जिल्ला उपसभापति पौडेलसहितका नेताहरुले भने कारबाही नमान्ने बताएका छन्।