काठमाडाैं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा अस्ट्रेलियालाई पराजित गर्दै श्रीलंका 'सुपर आठ'मा प्रवेश गरेको छ । श्रीलङ्काको पल्लेकलेमा साेमबार राति भएको खेलमा आयोजक श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेकाे हो ।अस्ट्रेलियाले दिएको १ सय ८२ रनको लक्ष्य पछ्याएको श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर भेटायो । श्रीलंकाका पथुम निसानकाले शतकीय पारी खेलेका थिए । उनले…