Logo १७ असार २०८३, बुधबार | Wed Jul 1 2026


गण्डकी प्रदेशको हिउँदे अधिवेशन आज रातिबाट अन्त्य हुने

पोखरा । गण्डकी प्रदेशको हिउँदे तथा नवौं अधिवेशन आज  (शुक्रबार)  रातिदेखि अन्त्य हुने भएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्कोे बैठकले शुक्रबार राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । हिउँदे अधिवेशमा गण्डकीमा ३ विधेयक पास भएको सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभएको छ ।