काठमाडौं । भारतका चर्चित गायक तथा संगीतकार बप्पी लहरीको ७० वर्षको उमेरमा निधन भएको छ । मंगलबार राति अचानक स्वास्थ्यमा समस्या देखिएपछि मुम्बइको एक अस्पताल लगिएका उहाँको आज बुधबार बिहान निधन भएको हो । भारतको रङ्गिन दुनियाँमा 'बप्पी दा' को नामले परिचित लहरीको जन्म सन् १९५२ मा कलकत्तामा भएको थियो । सांगीतिक माहौल भएको परिवारमा…