काठमाडौं । मध्य अमेरिकाको कोस्टारिकामा आपत्कालीन अवतरणका क्रममा कार्गो विमान दुर्घटनामा परेको छ । बिहीबार बिहान साढे १० बजे विमान सान्ता मारिया विमानस्थलबाट उडेको २५ मिनेटमै केही समस्याहरू देखिएपछि आपतकालीन अवतरण गर्दा दुर्घटनामा परेको हो । विमान आपतकालिन अवतरणका लागि जमिनतिर झार्दै गर्दा विमान बीचबाटै फुटेर दुई टुक्रा भएको अन्तर्राष्ट्रिय खबरहरूले जनाएका छन् । जर्मनी…