भक्तपुर । सुर्यबिनायक नगरपालिका–९ नलिनचोकमा आज मंगलबार मोटरसाइकल दुर्घटना हुँदा चार महिने शिशुको मृत्यु भएको छ भने आमा घाइते भएकी छिन् । मंगलबार बिहान साढे ४ बजे साँगाबाट जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश–०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकको रेलिङमा ठोक्किँदा काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–१ की २१ वर्षीया सुस्मीता तामाङकी चार महिनाकी छोरी लासाङ डोल्मा…