काठमाडाैं । नेपाल सितोरियो कराते संघले अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई सम्मान गरेको छ। संघले एरिकालाई १ लाख र कुशललाई ५० हजार रुपैयाँ नगदसहित सम्मान गरेको हो । एरिकाले चीनको हाङ्झाउमा सम्पन्न सन् २०२२ को एसियाली खेलकुदमा महिला कुमुते ६८ किलोमाथिको तौल समूहमा रजत पदक जितेकी थिइन् । उक्त समूहको…