Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


नेपाल र जिम्बावे ‘ए’ बीचको खेल स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम र जिम्बावे 'ए' बीचको पहिलो एकदिवसिय खेल स्थगित भएको छ । टियु मैदानमा शनिबार बिहानदेखि निरन्तर वर्षाको कारण खेल स्थगित भएको हो । खेल टस समेत नभई स्थगित गरिएको हो । स्थगित यस खेल पुनः हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।