Logo ११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026


वाणिज्य बैंककाे मुद्दती निक्षेपमा लगानी गर्ने बीमा प्राधिकरणकाे तयारी


182
Shares

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने तयारी गरेको छ।

प्राधिकरणले बैंक मौज्दात लगानी गर्ने नीतिअनुसार विभिन्न वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी लगानी गर्ने भएको हो। आइतबार शिलबन्दी प्रस्ताव पेश गर्न प्राधिकरणले इच्छुक बैंकहरुले आफूले दिनसक्ने अधिकतम प्रतिफल उल्लेख गरी विवरणहरु खुल्नेगरी ७ दिनभित्र शिलबन्दी दरभाउपत्र पेश गर्न आह्वान गरेको हो। प्राधिकरणका अनुसार पेश हुन आएको शिलबन्दी दरभाउपत्रको मान्य अवधि करिब १५ दिनको हुनुपर्नेछ।

बैंक तथा वित्तीय संस्थाहरुले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याज दर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण, विगत ३ वर्षको नाफा नोक्शानको अवस्था, बैंकको निष्कृय सम्पती, बैंकको कर्जा निक्षेप अनुपातदेखि बैंक स्थापना भएको वर्ष पूँजी पर्याप्तता कोषको विवरण दर मूल्य पेश गर्दा खुलाउनुपर्ने नेपाल बीमा प्राधिकरणले जानकारी गराएको छ।

प्राधिकरणले कति लगानी गर्न खोजेको भन्ने बारेमा यकिन गरेको छैन