Logo ४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026


देश बनाउने डीपीआरसहित आएको छुः रेशम चौधरी


377
Shares

काठमाडाैं । पूर्वसांसद रेशमलाल चौधरीले नयाँ राजनीतिक दल दर्ता गरेर देश बनाउने डीपीआरसहित आफू लागिपरेको बताउनुभएको छ।

नागरिक उन्मुक्ति पार्टी, नेपाल नामक राजनीतिक दल दर्ताका पहलका लागि निर्वाचन आयोगमा पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो। आफू कारागारमा बस्दा राजनीतिक विश्वविद्यालयझैं राजनीति बुझेर बाहिर आएको बताउनुभयो । उहाँले अब आफूले कारागारमा हुँदा तयार पारेको देश बनाउने डीपीआर लागू गर्दै अघि बढ्ने बताउनुभएकाे छ। जनताले गरेका इच्छा र आकंक्षालाई लक्ष्यमा पुर्याउनु हरेक नागरिकको कर्तव्य भएको उहाँको भनाइ थियाे।

नेता चौधरीले राजकाज र राजनीति भनेकै देश र जनताको लागि भएको बताउनुभयो ।

Skip This