काठमाडौं। नेपाली कांग्रेसले आगामी राष्ट्रिय र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ। कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराउनुभएकाे हाे। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको उहाँले जानकारी गराउनुभएकाे छ। शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता…