Logo २ पुस २०८२, बुधबार | Wed Dec 17 2025


कांग्रेसद्वारा राष्ट्रिय र प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता


377
Shares

काठमाडौं। नेपाली कांग्रेसले आगामी राष्ट्रिय र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गराएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार निर्वाचन आयोगमा पुगेर दुई निर्वाचनका लागि दल दर्ता गराउनुभएकाे हाे। राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी दर्ता भइसकेको उहाँले जानकारी गराउनुभएकाे छ। शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले निर्वाचनका लागि पार्टी दर्ता गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी मुख्यसचिव पौडेललाई दिएको थियो ।

आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि कांग्रेसले निर्वाचन आयोगमा दर्ता गर्ने निर्णय गरेकाे थियाे। सोही प्रयोजनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने लगायतका कानून बमोजिमका सम्पूर्ण प्रक्रिया पूरा गर्न कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिवलाई जिम्मेवारी प्रदान गर्ने बैठकको निर्णयमा लेखिएको थियो।