Logo १७ बैशाख २०८३, बिहिबार | Fri May 1 2026


इलाम अस्पतालमा नि:शुल्क डाइलासिस सेवा सुरु

इलाम । इलाममा मृगौला रोगीका लागि नि:शुल्क डाइलासिस सेवा सुरु भएको छ । तीन वटा मेसिनबाट इलाम अस्पतालमा मृगौला रोगीका लागि हेमोडाइलासिस सेवा सुरु भएको हो । हालसम्म ६ जना बिरामीको ३१ पटक डाइलासिस गरिएको अस्पतालले जनाएको छ । नि:शुल्क डाइलासिस सेवा सुरु भएसँगै पूर्वीपहाडका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई ठूलाे सहयाेग मिल्ने भएकाे छ…