Logo १० जेष्ठ २०८३, आइतबार | Sun May 24 2026


जेनजी प्रतिनिधि भ्रष्टाचारविरूद्ध खबरदारी गर्न सिंहदरबार पुगे


260
Shares

काठमाडाैं। जेनजी प्रतिनिधिहरु जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको भन्दै खबरदारी गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन्।

जेनजी युवा प्रतिनिधिहरू शुक्रबार दिउँसो मन्त्रालय पुगेका हुन् । जनवरी २०२५ मा जापानमा ५ दिन सञ्चालन भएको वल्र्ड एक्स्पोमा भ्रष्टाचार भएको उनीहरुको आरोप छ। उनीहरूले आयोजनासँग सम्बन्धित निर्णय प्रक्रियामा सरकारी कर्मचारीले कर्तव्य छुटाएको र एकतर्फी ढंगले निर्णय लिइएको आरोप लगाएका छन् ।

जेनजीका प्रतिनिधि अविन गुरुङले एक्स्पोसँग सम्बन्धित अनियमितता भइसकेको सूचना पाएपछि सो प्रकरणकाे बारेमा छानबिन माग गर्दै आफूहरू मन्त्रालय पुगेको बताउनुभयो। उहाँले विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइसकिएको भएपनि सुनुवाई नहुँदा मन्त्रालयसँग स्पष्टीकरण माग्न बाध्य भएको बताउनुभएकाे छ।

अर्का जेनजी प्रतिनिधि अमर सापकोटाले सरकारी कर्मचारीले गैरजिम्मेवारीपूर्वक एकतर्फी निर्णय लिएपछि आफूहरूले निरन्तर पत्राचार, ठाडो उजुरी र पूरक उजुरी दिएपनि कुनै निष्कर्ष ननिस्किएको बताउनुभयो। दुवै पक्षलाई बोलाएर मात्रै छानविन हुनुपर्नेमा त्यसो हुन नसक्नु गम्भीर भएको उहाँले टिप्पणी गर्नुभएकाे छ।

एक्स्पोमा देशको गौरवमा आँच आउने गरी प्रस्तुत भएको उहाँको आरोप थियाे।