Logo २३ आश्विन २०८३, शुक्रबार | Fri Oct 9 2026


पोखरा स्कुल बस दुर्घटना अपडेट : पाँच मृतक र १२ जना घाइतेकाे पहिचान खुल्याे (नामावलीसहित)


0
Shares

विजय नेपाली, पाेखरा । पोखरा महानगरपालिका-२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको स्कुल बस दुर्घटना हुँदा ज्यान गुमाएका र घाइतेको पहिचान खुलेको छ । 

जिल्ला प्रशासन कार्यालय कास्कीका अनुसार बिहान ७ः४० बजे प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीको कमान्डमा सात जनाको उद्धार टोली खटिएको थियो। टोलीले बिहान ८ः४० बजेसम्म घाइतेहरूको उद्धार गरी अस्पताल पठाएको थियो।

गण्डकी मेडिकल कलेजमा तीन जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत गण्डकी अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। गण्डकी अस्पतालमा उपचारका क्रममा बिहान ८ः३५ बजे ३ महिला र दुई पुरुष गरी पाँच जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

दुर्घटनामा उद्धारमा खटिएका एक प्रहरी जवानसमेत घाइते भएका छन्। उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ।