७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल चयन, ९० जनाको कमिटी सर्वसम्मत

अर्घाखाँची । नेकपा (एमाले) अर्घाखाँचीको अध्यक्षमा पिताम्बर भुसाल चयन हुनुभएको छ । पार्टीको आठौं जिल्ला अधिवेशनबाट जिल्ला अध्यक्षमा भुसाल सर्वसम्मत चयन हुनुभएको हो । उपाध्यक्षमा ईश्वरा पोखरेल सचिवमा तोजबहादुर रायमाझी, उपसचिवमा शंभु प्रसाद पोखरेल र भीम केसी चयन हुनुभएको छ । अधिवेशनबाट अध्यक्ष भुसाल सहित ९० सदस्यीय जिल्ला कमिटीको सर्वसम्मत चयन गरिएको हो ।