एजेन्सी । नेपाल र पोर्चुगल द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठक शुक्रबार लिस्बनमा हुने भएकाे छ । साेही बैठकमा दुवै पक्षले साझा चासोका विषयका साथै क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा सहकार्यसहित नेपाल र पोर्चुगल सम्बन्धको समग्र अवस्थाको समीक्षा हुने भएकाे हाे । बैठकको सह-अध्यक्षताका निम्ति नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई लिस्बनमा पुग्नुभएकाे छ।…