Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


नेपाली बजारमा आज सुन-चाँदीको मूल्य बढ्याे


2.1k
Shares

काठमाडाैं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ।

आइतबार प्रतितोला चार हजार आठ रूपैयाँ घटेको सुनको मूल्य साेमबार प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले साेमबार सुन प्रतितोला तीन लाख नौ हजार पाँच सय रूपैयाँमा काराेबार भइरहेको जनाएकाे छ। आइतबार सुन प्रतितोला तीन लाख नौ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ। आइतबार चाँदी प्रतितोला पाँच हजार दुई सय ७० रूपैयाँमा कारोबार भएको थियाे । तर चाँदी सोमबार प्रतितोला पाँच हजार दुई सय ६५ कारोबार भइरहेको छ। यो मूल्य आइतबारकाे तुलनामा प्रतितोला पाँच रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा साेमबार सुन प्रतिऔंस पाँच हजार १५ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।