काठमाडौं, माघ १५ । विमल घर्तीमगरको एकमात्र निर्णायक गोलमा नेपालले मोरिससलाई पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित गरेको छ । घरेलु मैदानमा नेपालले मोरिससलाई १–० ले पराजित गर्यो । नेपालको जितमा विमलले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बन्यो । प्रतिबन्ध र चोटबाट फर्किएर राष्ट्रिय टोलीमा पूनरागमन गरेको पहिलो खेलमै विमलले गोल गर्न सफल भए ।…