गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकियो,परीक्षण उडानको तयारी « Imagekhabar – Online News Portal of Nepal
१७ आश्विन २०७९, सोमबार | Tue Oct 4 2022


गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण सकियो,परीक्षण उडानको तयारी


1.3k
Shares

भैरहवा, माघ १५ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य सकिएको छ ।

वि.स. २०७१ साल माघमा शिलान्यास भएको विमानस्थल आयोजनाको ८ पटक म्याद थप गरेर भौतिक संरचना, सञ्चार उपकरण जडान लगायत सम्पूर्ण काम सकिएको हो ।

‘फिनिसिङका छुटफुट केही सानातिना काम भइरहेका छन्’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाका प्रमुख इञ्जिनियर प्रवेश अधिकारीले बताउनुहुन्छ । दुई चरण आईसिबी वान र आईसिबी टर्स अन्र्तगत सम्पन्न भएको विमानस्थलमा अहिले आईसिबी अन्र्तगत नेपाली प्राविधिकलाई तालिम र जडान गरिएको उकरणको प्राविधिक जाँच भइरहेको उहाँको भनाई छ । विमानस्थल सञ्चालनअघि जडान गरिएको सञ्चार उपकरणको परिक्षणका लागि क्यालिब्रेसन उडान गर्नुपर्ने हुन्छ । जसबाट जडान गरिएका उपकरणहरु ठिक भए–नभएको रिपोर्ट आउँछ र सोही अनुसार थप प्रक्रिया अघि बढाइनेछ ।

सय दिनको योजना अन्र्तगत सबै विमान कम्पनी, भन्सार, प्रहरी, अध्यागमन लगायतलाई विमानस्थलमा अपरेशनको निर्धारित मितिबारे जानकारी गराउने, ग्राउण्ड हेयण्डिलङ, फुड क्याटिरिङ, कार्गो एजेन्सी लगायतलाई आवश्यक तयारीका लागि निर्देशन दिने, तथा मानव संसाधनको परिचालन गर्ने बताइएको छ ।