Logo २ कार्तिक २०८३, सोमबार | Tue Oct 20 2026


ललितपुरमा इँट्टाभट्टाको पर्खाल भत्किएर एक महिलाको मृत्यु, ४ घाइते

काठमाडाैं । ललितपुरमा आइतबार इँट्टाभट्टाको पर्खाल भत्किएर एक जना महिलाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–२८ हरिसिद्धिस्थित होसना इँट्टाभट्टामा काम गर्ने रुकुमकी ५५ वर्षीय तिल्सरी खड्काको मृत्यु भएको हो । पर्खाल भत्किएर गम्भीर घाइते भएकी खड्काको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएकाे छ। सोही घटनामा परी ४ जना घाइते भएको प्रहरीले जनाएको छ…