एजेन्सी। संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो क्षेत्रमा इरानले गरेका पछिल्ला आक्रमणहरूप्रति कडा निन्दा गरेको छ। यूएईले यस कार्यलाई राष्ट्रिय सार्वभौमसत्ताको ठाडो उल्लंघन र अन्तर्राष्ट्रिय कानूनको विपरीत भएको बीबीसीले जनाएकाे हाे । सामाजिक सञ्जाल एक्समार्फत एक आधिकारिक धारणा सार्वजनिक गर्दै यूएईले इरानको प्रतिरोधात्मक प्रहारलाई खतरनाक कदम र कायरतापूर्ण कार्यको संज्ञा दिएको छ। यस्ता गतिविधिले सर्वसाधारणको…