काठमाडौं । एभिन्यूज खबर टेलिभिजनले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सप्तरी निर्वाचन-१ बाट उम्मेदवार बनेका शम्भुप्रसाद देवले निर्वाचन आयोगमा पेश गरेको खर्च विवरणप्रति गम्भीर रुपमा आपत्ति जनाएको छ।
संस्थाले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा देवले आफ्नो खर्च विवरणमा एभिन्यूज टेलिभिजनमा अन्तर्वार्ता प्रसारणका लागि ५० हजार रुपैयाँ खर्च भएको उल्लेख गरेको विषयमा कुनै सत्यता नभएकाे स्पष्ट पारेको हाे। टेलिभिजनले उक्त रकम आफूहरूले प्राप्त नगरेको र सोहि अन्तर्वार्ता कुनै पनि प्रकारको निर्वाचन प्रचार–प्रसारसँग सम्बन्धित नभएको जनाएको हाे।
जारी विज्ञप्तिमा उम्मेदवार देव स्वयंले समेत सामाजिक सञ्जालमार्फत कुनै रकम भुक्तानी नगरिएको जानकारी दिइसकेको उल्लेख गरिएकाे छ । सोही विवरण निर्वाचन आयोगमा सच्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। एभिन्यूज टेलिभिजनले देवसँग सम्बन्धित कुनै पनि प्रायोजित सामग्री उत्पादन, स्वीकृति वा प्रसारण नगरेको स्पष्ट गर्दै भ्रामक विवरण सार्वजनिक गर्दा संस्थाको प्रतिष्ठा र विश्वसनीयतामा असर पर्ने जनाएको हाे।
लिभिजनले यस्ता गतिविधिप्रति संस्थाले कडा आपत्ति जनाएको छ। त्यस्तै, एभिन्यूज टेलिभिजनले सम्पादकीय र विज्ञापन सामग्रीबीच पारदर्शी विभाजन कायम गर्दै पत्रकारिताको नैतिक मापदण्ड पालना गर्ने समेत प्रतिबद्धता जनाएकाे हाे ।
बाँकी कुरा जारी विज्ञप्तिमा तल उल्लेख गरिएकाे छ:











प्रतिक्रिया दिनुहोस्