एजेन्सी । भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादवलाई ‘चारा घोटाला’ मुद्दामा ५ वर्षको जेल सजाय र ६० लाख भारतीय रुपैयाँ जरिवाना सुनाइएको छ । १३९.३५ करोड भारु अपचलनको मुद्दामा लालुसँगै ३८ जनालाई राँचीको विशेष सीबीआई अदालतले सोमबार भिडियो कन्फ्रेन्समार्फत सजाय सुनाएको हो । झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालको यो पाँचौं तथा अन्तिम मुद्दा थियो ।…