काठमाडौं । मोरङ र बागलुङमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। मोरङको सुनवर्षी नगरपालिका-४ कासिजामस्थित सडकमा मे.११ प १४० नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्री सोही नगरपालिका-४ बस्ने ६२ वर्षीय जयरामप्रसाद दासको बिहीबार राति मृत्यु भएको हाे। साेही ठक्करबाट गम्भीर घाइते भएका उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। साथै दुर्घटनामा घाइते…