एजेन्सी, साउन ७ । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै सबैलाई मुखमा मास्क लगाउन आह्वान गर्नुभएको छ । मास्क लगाउनेबारेमा सँधै विपक्षमा उभिनु भएका ट्रम्प स्वयंले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गर्नुभएको हो । कोरोनासम्बन्धि दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उहाँले मास्क लगाउँदा महामारीको…