काठमाडौं, पुष ६ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता रामबहादुर थापा राजनीतिक संकटमा पर्नुभएको छ । पार्टीभित्रको राजनीतिक झगडामा प्रधानमन्त्री केपी ओलीतर्फ देखिनुभएका उहाँलाई उहाँकै समूहका अरु नेताले भने साथ नदिने भएपछि उहाँ संकटमा पर्नुभएको हो । संसद विघटनमा प्रधानमन्त्री ओलीतर्फ लाग्नुभएका थापालाई उहाँ पक्षीय अरु नेताले संसद विघटन प्रतिगामी कदम भएकाले साथ दिन नसकिने…