काठमाडौं, पुस ७ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको सम्मुखमा रहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी मंगलबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नुभएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारी र यान्छीबीच नेकपा औपचारिक विभाजनतर्फ गएकामा कुराकानी भएको जनाइएको छ । एमाले र माओवदाी केन्द्रबीच एकता गराई नेकपा निर्माण र…