३१ जेष्ठ २०८१, बिहिबार | Thu Jun 13 2024


सडक आन्दोलन सशक्त बनाउने दाहाल–नेपाल समूहको निर्णय, भोलि देशभर हड्ताल


0
Shares

काठमाडौं । दाहाल–नेपाल समूहको नेकपाले सरकारले संवैधानिक पदहरूमा गैरकानुनी नियुक्ति गरेको विरोधमा सशक्त आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । संवैधानिक निकायका पदाधिकारीलाई जबरजस्ती ढंगमा शपथ गराइएपछि सचिवालय बैठकले आन्दोलनका कार्यक्रम थप सशक्त निर्णय गरेको हो ।

बुधबार पत्रकार सम्मेलन गर्दै दाहाल–नेपाल समूहले बन्दहडताललगायतका कार्यक्रम सार्वजनिक गरेको छ। यसअन्तर्गत भोलि बिहीबार देशव्यापी हडताल आयोजना गरिएको नेतृ पम्फा भुसालले जानकारी दिनुभयो । बुधबार साँझ पार्टीले काठमाडौंमा मसाल जुलुस निकाल्ने तयारी गरेको छ ।

देश आन्दोलनमै रहेको अवस्थामा सरकार र राष्ट्रपति मिलेर बलमिच्याइँपूर्वक संवैधानिक परिषदमा पदाधिकारी नियुक्त गरी शपथ गराइएको, सभामुखलाई संवैधानिक परिषद् बैठकमा नबोलाइएको र संसदीय सुनुवाइ नै नगरी नियुक्ति गरिएको भन्दै उक्त समूहले विरोध गरेको हो । पार्टीले सरकारको कदम खारेजीको माग गरेको छ ।