काठमाडौं, पुष ५ । प्रधानमन्त्री केपी ओली संसद विघटन गर्न राष्ट्रपति विद्या भण्डारीसमक्ष सिफारिश गरेपछि यसको सर्वत्र आलोचना भएको छ । प्रतिपक्ष दल जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री ओलीको यस कदमलार्य प्रतिगमनको पराकाष्ठाको संज्ञा दिनुभएको छ । ओलीको कदम नेपालको संविधान र लोकतन्त्रलाई ध्वस्त बनाउने गरी आएको र यो प्रतिगमनकारी कदम…