स्टार स्ट्राइकर ज्लाटन र लुकाकुलाई खेल खेल्न प्रतिबन्ध • Image Khabar Image Khabar


स्टार स्ट्राइकर ज्लाटन र लुकाकुलाई खेल खेल्न प्रतिबन्ध


Imagekhabar
१७ माघ २०७७, शनिबार ०८:४६

स्टार स्ट्राइकर ज्लाटन र लुकाकुलाई खेल खेल्न प्रतिबन्ध

काठमाडौं । मैदानमा विवाद गरेका स्टार स्ट्राइकर ज्लाटन इब्राहिमोभिक र रोमेलु लुकाकुलाई आगामी खेल खेल्न प्रतिबन्ध लगाइएको छ ।

इटालियन सिरी ए क्लब एसी मिलानका फरवार्ड इब्राहिमोभिक र इन्टरमिलानका फरवार्ड लुकाकुलाई एक एक खेलको प्रतिबन्ध लगाइएको हो ।

कोपा इटालिया अन्तर्गतको डर्बी भिडन्तमा उनीहरुले विवाद गरेका थिए । मैदानमै दुई खेलाडीले विवाद गरेपछि इब्राहिमोभिकलाई रातो कार्ड दिइएको थियो ।

उनले लुकाकुमाथि जातीय विभेद गरेको आरोप लगाइएको छ । लुकाकुसँग विवाद गर्दा इब्राहिमोविच ५७ औं मिनेटमा रातो कार्ड पाएर मैदानबाट बाहिरिएका थिए ।

रातो कार्ड खाएसँगै उनी एक खेलको प्रतिबन्धमा परेका हुन् । यस्तै लुकाकु पनि यस सिजनको कोपा इटालियामा दुई पहेलो कार्ड पाएको कारण प्रतिबन्धमा परेका हुन् ।

मिलान डर्बीमा इन्टरले एसी मिलानलाई २–१ गोलले हराएको थियो । एजेन्सी

प्रतिक्रिया दिनुहोस्