७ असार २०८१, शुक्रबार | Fri Jun 21 2024


सोमबार कोरोनाबाट ज्यान गुमाउने शून्य, नयाँ संक्रमित १ सय ५९


0
Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गए सँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्यामा समेत कमी आएको छ । पछिल्लो २४ घण्टामा संक्रमणवाट ज्यान गुमाउनेको संख्या शून्य रह्यो । हाल सम्म नेपालमा संक्रमणवाट २ हजार २९ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको विवरण अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ५९ जनामा संक्रमण पुष्टि भएको छ । ४ हजार १ सय ४५ जनामा भएको पीसीआर परीक्षणमा ९८ पुरुष र ६१ महिलामा संक्रमण देखिएको छ ।

सोमबार काठमाडौं उपत्यकामा भने ८५ जनामा संक्रमण देखिएको छ । हाल भेटिएका संक्रमितको संख्या परीक्षणको तुलनामा ३ दशमलव ८३ प्रतिशत हो । हाल देशभर २ लाख ७१ हजार १ सय १८ जनामा संक्रमण देखिएको छ ।

देशभर थप २ सय ६४ जनाले कोरोना संक्रमण जितेका छन् । यो सँगै देशभर २ लाख ६६ हजार ६ सय जना संक्रमण मुक्त भएका छन् । २ हजार ४ सय ८९ जना संक्रिय संक्रमित छन् । ति मध्ये १ सय २८ आइसियू र २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।