काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी ओली विपक्षीहरु पुग्नुभन्दा १० मिनेट अगावै राष्ट्रपति कार्यालय शितलनिवास पुग्नुभएको छ । आफ्नो पक्षमा १४९ सांसदको हस्ताक्षर रहेको भन्दै प्रधानमन्त्री दावी गर्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका विपक्षी दलका नेताहरु शितलनिवास पुग्नु अगावै ओली राष्ट्रपति कार्यालय जानुभएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बेलुका ५ बजेभित्रमा…