एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी दुई वर्षभित्र एक सय मुलुकलाई ५० करोड डोज कोरानाविरुद्धको फाइजर खोप उपलब्ध गराउने बताउनुभएको छ । उहाँले यसै वर्ष करिब २ करोड डोज खोप उपलब्ध गराउने योजना रहेको बताउनुभयो । सन् २०२२ को पहिलो ६ महिनामा ३० करोड डोज खोप वितरण गर्ने योजना रहेको राष्ट्रपति बाइडेनको भनाइ छ…