काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकतासम्बन्धी विवाद छिट्टै टुङ्गो लगाउने जनाएको छ । विवाद समाधानका लागि विभिन्न निकायसँग छलफल भइरहेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । सर्वोच्च अदालतबाट भएको प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि थप छलफल आवश्यक परेकाले केही दिनमै विवादको निरुपण हुने जानकारी दिनुभयो । निर्वाचन प्रयोजनका लागि दल दर्ताको सूचना…