ठाकुरले किर्ते गरेर आयोगमा फर्जी पत्र दर्ता गरेको यादव पक्षको आरोप « Image Khabar


ठाकुरले किर्ते गरेर आयोगमा फर्जी पत्र दर्ता गरेको यादव पक्षको आरोप


Border circle
Imagekhabar

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।

जसपा अध्यक्ष ठाकुरले शुक्रबार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बैठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणिकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराउनुभएको थियो ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले प्रेस विज्ञप्ति निकालेर हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुटा विवरण दर्ता गराएको आरोप लगाउनुभएको हो ।

जसपाको पुस ७ गतेको बैठकले गरेका निर्णय अध्यक्षद्वय यादव र ठाकुरको संयुक्त हस्ताक्षरद्वारा सार्वजनिक भएको र केन्द्रीय कार्यकारिणी हेरफेर तथा पुनर्गठन गर्ने अधिकार ठाकुरलाई दिने प्रस्ताव उक्त बैठकको कार्यसूचीमा नरहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्