काठमाडौं, असार ७ । नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलालाई सात वर्षपछि मात्रै वैवाहिक अंगीकृत नागरिकता दिने व्यवस्थाको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता मातृका यादवले आपत्ति जनाएका छन् । उनले यो व्यवस्था मण्डले राष्ट्रवादी सोचबाट ग्रसित भएको भन्दै आफ्नै दलको सचिवालय बैठकले गरेको निर्णयको समेत भत्र्सना गरेका छन् । आइतबार विज्ञप्ति निकालेर सांसद…