Logo १२ आश्विन २०८३, सोमबार | Mon Sep 28 2026


गाउँपालिका उपाध्यक्षका ससुराको निधनमा सार्वजनिक बिदा

काठमाडौं । तेह्रथुमको मेन्छयायेम गाउँपालिकाले उपाध्यक्षको ससुराको निधनमा गाउँपालिकाभरी सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाका उपाध्यक्ष गीतादेवी तिम्सिना गौतमका ससुरा कृष्णप्रसाद गौतमको निधनमा शुक्रबार एक दिन ‘शोक बिदा’ दिएको गाउँपालिकाले सूचना निकालेर जनाएको छ । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखर‍ेलले निकालेको सूचनामा आज (शुक्रबार) स्वास्थ्य संस्थाबाहेक गाउँपालिका कार्यालय, वडा कार्यालयहरू, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक…