काठमाडौं । काभ्रेको बनेपाबाट गएको लुटेरा समूहले सिन्धुलीको घ्याङ्लेखमा नेपाल एसबीआई बैंकको ३ करोड बढी रकम लुटेको छ । मंगलबार राति ३ करोड १० लाख ९५ हजार रुपैयाँ लुटपाट गरेर ६ जनाको लुटेरा समूह फरार भएको हो । सोही समूहले बैंकका सुरक्षागार्डलाई कुटपिट गरेर सेफमा भएको रकम लुटेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।…