काठमाडौं, साउन १० । ‘वर्षा र सहकाल’का देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । मच्छिन्द्रनाथ गुठीसँग सम्बन्धित ज्योतिषीले शनिबार मध्याह्न १२ बजेर १५ मिनेटमा शुभसाइतमा पुल्चोकमा रहेको रथमा मच्छिन्नाथलाई विराजमान गराइएको हो । यसअघि हरेक वर्ष वैशाख शुक्ल प्रतिपदाका दिन रक्तावलोकितेश्वरलाई रथमा विराजमान गराउने चलन थियो । तर, यस वर्ष कोरोनाको महामारी र ‘लकडाउन’का कारण…