पंखादेखि स्काभेटरसम्म चरम भ्रष्टाचार भएको भन्दै उपमेयरद्वारा राजीनामा • Image Khabar Image Khabar


पंखादेखि स्काभेटरसम्म चरम भ्रष्टाचार भएको भन्दै उपमेयरद्वारा राजीनामा


Imagekhabar
१० श्रावण २०७७, शनिबार १०:१२

पंखादेखि स्काभेटरसम्म चरम भ्रष्टाचार भएको भन्दै उपमेयरद्वारा राजीनामा

-केदार कटुवाल/ईमेज
उदयपुर । देशैका विभिन्न स्थानीय तहको चरम लापरर्वाही र भ्रष्टाचारको समाचार आउँदै गर्दा उदयपुरको बेलका नगरपालिका त्यसको प्रमाण बनेको छ ।

नगरपालिकाको चरम लापरर्वाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै उपप्रमुख राजकुमारी चौधरीले राजीनामा घोषणा गर्नुलाई निकै महत्वका साथ हेरिएको छ ।

‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु, जनतासँग माफी माग्न चाहन्छु र कालो कर्तुतको बिषयमा कार्यन्वयन हुँदैन धिक्कार छ, दुई तिहाइ सरकार ।’ भन्दै आफ्नो फेसबुक वालमा स्टाटस लेखी जनतासंग माफीको याचनासहित उनले राजीनामाको घोषणा गर्नुभएको हो ।

२०७४ सालमा स्थनिय तह बेलका नगरपालिकामा नेकपा (एमाले)बाट निर्वाचित उप प्रमुख चौधरीले पंखा(फेन)देखि स्काभेटर सम्ममा भ्रष्टाचार र अनियमितता भएको छ । ‘उत्पादनमा हाम्रो साथ, बस्दिन म खाली हात’ भन्ने नारामै सिमित बनेको उहाँको भनाई छ ।

यस बिषयमा नगर प्रमुख दुर्गाकुमार थापा ‘स्वस्ती’लाई जानकारी र पटक पटक बोर्ड बैठकमा कुरा उठाउँदा समेत सुनवाइ नभएको गम्भीर आरोप लगाउनुभएको छ ।

जनतामा भ्रम फैलाउने नारा मात्र रहेको र यसैको भरमा चरम लापरर्वाही र भ्रष्टाचार मौलाएको उहाँको आरोप छ । नगरपालिकाका प्रमुख र उपप्रमुख दुवै तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका हुन्।

उपप्रमुख चौधरीले नगर भित्र भएका भ्रष्टाचार र अनियमितताको बिषयमा लिखित जानकारी गराउँदा समेत अपमानित हुनु परेको र लिखित सुझावलाई ‘डस्वीन’मा हालिएको उनको गुनासो छ ।

जनताका सुख–दुख प्रत्यक्ष सरोकारका बिषयमा साथ दिन जनताबाट निर्बाचित हामी जनप्रतिनिधिले जनताले कर तिरे बापत प्राप्त बजेट चरम दुरुपयोग हुँदा समेत मुकदर्शक भएर बस्नु परेको चौधरीको बुझाइ छ ।

नगरप्रमुखले भ्रष्टाचारी कर्मचारीको संरक्षण गर्नाले आफू पदमा बसिरहन न‌ैतिकताले दिन नसक्ने बताउनुभएको छ । उहाँले नगर भित्रका भ्रष्टाचार को बिरुध्द अन्तिम लडाइ लड्न तयार रहृको बताउनुभयो ।

यसै सम्बन्धमा बेलका नगरपालिकामा रहेका नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, राप्रपा नेपाल, नेकपाले १५ सेक्टेम्बरमा संयुक्त बिज्ञप्ति जारी गर्दै सत्य तथ्य छानबिन गरि जनता सामु प्रस्तुतत गर्न आग्रह गरेका छन् ।

पंखादेखि स्काभेटरसम्म चरम भ्रष्टाचार भएको भन्दै उपमेयरद्वारा राजीनामा
प्रतिक्रिया दिनुहोस्