काठमाडौं । नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले सबै दलको सहमतिविना प्रतिस्थापन विधेयक ल्याइनु राम्रो नभएको बताउनुभयो । संसद बैठकपछि सञ्चाकर्मीसँग बोल्दै उहाँले जनताका प्रतिनिधिको छलफलमा मात्र प्रतिस्थापन विधेयक ल्याइनुपर्ने भन्दै तत्काल पेश गर्नुमा कुनै हतारो नभएको औँल्याउनुभयो । ‘प्रतिस्थापन विधेयक ल्याइनु राम्रो कुरो होइन, संसद भित्र सबैको सहमति लिएर रिप्लेशमेन्ट विधेयक ल्याउनु राम्रो हुन्थ्यो, सबैको…