५ माघ २०८१, शनिबार | Sat Jan 18 2025


यस्ता छन् बागमती प्रदेशका मन्त्री तथा पदाधिकारीहरूका लागि बनाइएको आचार संहिता


0
Shares

हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सरकारका मन्त्री र पदाधिकारीहरूको आचार संहिता, २०७८ पास गरेको छ । मन्त्रिपरिषद्को बैठकले आचार संहिता पास गरेको हो ।

प्रदेशका मन्त्री तथा पदाधिकारीले बागमतीका मन्त्री तथा पदाधिकारीहरूलाई आचार संहिताः कुनै पनि नियुक्तिमा आफन्त र नातागोतालाई प्राथमिकता दिन नहुने गरी आचारसंहिता पास गरेको छ ।

बागमती प्रदेशलाई नमूना प्रदेशको रुपमा विकास गर्ने, यूवा र महिलाको लागि आत्मनिर्भर बनाउन उद्यमशीलताको विकास गर्ने, सार्वजनिक सेवा प्रवाह सुशासनयुक्त प्रदेश बनाउने गरी आचार संहिता पास गरेको छ ।

संविधान कार्यान्वयनमा सक्रिय पहल गर्ने, दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिमा लगनशील भइ शासन प्रणालीलाई सहभागितामूलक बनाउने गरी आचारसंहिता पास गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार सविकास मन्त्री केशवराज पाण्डेले बताउनुभयो ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रदेश सुशासन ऐन, २०७७ को खफा ४६ ले दिएको अधिकार प्रयोग गरी बागमती प्रदेश सरकार, मन्त्रिपरिषद् ले देश र जनताको हित र सेवामा निरन्तर सक्रिय रहने उद्धेश्य पूर्तिका लागि सुशासन व्यवस्थापन तथा सञ्चालन गर्ने गरी आचार संहिता पास गरेको प्रवक्ता पाण्डेको भनाइ छ ।