काठमाडौं । काठमाडौंलाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । काठमाडौंमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताउनुभयो । उहाँले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुशी…