काठमाडौं । सत्तारुढ नेकपाको सचिवालय बैठक नजिकिँदै गर्दा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श तीव्र बनाउनुभएको छ । आइतबार दिनभरजसो परामर्शमा रहेका प्रधानमन्त्री ओलीले हिजो बेलुका पनि आफ्नै निवासमा पूर्वमाओवादी केन्द्रका नेताहरूसहितलाई राखेर छलफल गर्नुभयो । मध्यरातिसम्म भएको छलफलमा पूर्वमाओवादी केन्द्रका नेताहरूले प्रधानमन्त्रीलाई लचिलो हुन सुझाव दिएका छन् । प्रधानमन्त्री र पार्टीको पहिलो…