मोरङ, मंसिर २३ । मोरङ, मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको नेत्रविक्रम चन्द (विप्लव) समूहका कार्यकर्ताले घाँटी रेटेर नृशंशतापूर्वक हत्या गरेको पाइएको छ । मंगलबार विहानै विप्लवका कार्यकर्ताले घरबाटै अपहरण गरेर लगेका मिक्लाजुङ गाउँपालिका–१, बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठलाई नृशंशतापूर्वक हत्या गरिएको फेला पारिएको हो । श्रेष्ठको हत्यापछि उनीहरुले हवाई फायर गरेको प्रहरीले जनाएको छ ।…