काठमाडौं । सरकारले बेमौसमी वर्षापछि आएको बाढी, पहिरो र डुवानमा परेर धानबालीमा क्षति पुगेका किसानहरूलाई राहत दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले १० कट्ठासम्म जग्गा भएकालाई क्षतिको ६५ प्रतिशत, १० कठ्ठादेखि ३ बिगासम्म जग्गा भएकालाई क्षतिको ३० प्रतिशत र ३ बिगाभन्दा बढी जग्गा भएकाहरु तथा आंशिक क्षति भएकाहरूलाई क्षतिको २० प्रतिशतका दरले राहत…