२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024


चिनियाँ हाइब्रिड धानमा दाना नलाग्दा भक्तपुरका किसान मर्कामा

बिउमा व्यापारीले मिसावट गरेको आरोप

0
Shares

काठमाडौं । धानको दाना नलाग्दा चिनियाँ हाइब्रिड जातको धान रोपेका भक्तपुरका किसान मर्कामा परेका छन् ।

विगतका वर्षमा धेरै फलेको भन्दै चाइनिज धान लगाउनेहरूको यो वर्ष भने उत्पादन शून्य भएको छ । एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाईब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका दाना नै नलाग्दा किसान ठगिएका हुन् ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकाका अधिकांश किसानले चिनियाँ हाइब्रिड डीवाइ–२८ जातको धान लगाएको किसा सावित्री श्रेष्ठ र विजय लामा बताउँछन् ।

धानको विउमा अघिल्लो वर्षको डीवइ–२८ मिसाएर व्यापारीहरूले बिक्री गरेको हुनसक्ने कृषक समूह महासंघ, भक्तपुरका जिल्ला अध्यक्ष टेकबहादुर लाखेले आरोप लगाउनुभयो ।

किसानले धानको विउ प्रतिकिलोे ८ सय ५० रुपैयाँमा खरिद गरेका थिए । उनीहरूले धान नफलेको विषयमा राज्य स्तरबाट नै अध्ययन गर्नुपर्ने माग राखेका छन् ।