काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुने बताउनुभएको छ । अध्यक्ष यादवले न्यायालयभित्र राजनीतिक दलहरूले हस्तक्षेप गर्न उचित नहुने धारणासमेत राख्नुभयो । उहाँले दुनियाँमा कहिँ पनि राजनीतिक दलहरूले न्यायालयमा हस्तक्षेप गर्ने चलन नभएको दावीसमेत गर्नुभयो । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाका जवाफ दिने क्रममा…